एमालेको समानुपातिक सूची, कहाँबाट को परे ? (नामसहित)

एमालेको समानुपातिक सूची, कहाँबाट को परे ? (नामसहित)


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारहरूको पूर्ण विवरण सार्वजनिक गरेको छ । पार्टीले गत पुस १४ गते आयोगमा बुझाएको बन्द सूची बिहीबार औपचारिक रूपमा बाहिर ल्याएको हो ।

यसअघि सूचीका केही नामहरू छिटपुट रूपमा सञ्चारमाध्यममा आए पनि एमाले नेताहरूले नै सम्पूर्ण नामावली सार्वजनिक गरेका हुन् । तर, सूची सार्वजनिक भएसँगै पार्टीभित्रको आन्तरिक विवाद र असन्तुष्टि भने सतहमा आएको छ । विशेषतः समानुपातिक प्रणालीको मर्मविपरीत पटक-पटक अवसर पाइसकेका पुराना अनुहारलाई नै प्राथमिकता दिइएको र समावेशी चरित्र नदेखिएको भन्दै पार्टी पंक्तिभित्रै तीव्र आलोचना सुरु भएको छ ।

नयाँ र योग्य अनुहारलाई पाखा लगाइएको भन्दै कार्यकर्ता तहमा समेत निराशा छाएको छ । उम्मेदवार छनोट प्रक्रियामा पार्टीका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले राखेका प्रस्तावहरूलाई पूरै बेवास्ता गरिएको छ। उनीहरूले सिफारिस गरेका नामहरूलाई पन्छाएर नेतृत्वले एकतर्फी रूपमा ‘रोस्टर’ तयार पारेको भन्दै नेताहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।