भेनेजुएलामा अमेरिकी आक्रमण: ४० जनाको मृत्यु

भेनेजुएलामा अमेरिकी आक्रमण: ४० जनाको मृत्यु


ग्लोब नेपाल
162
Shares

भेनेजुएलामा शनिवार भएको अमेरिकी हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको छ।

भेनेजुएलाका एक अधिकारीले शनिवारको हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले उक्त जानकारी दिएको हो। उक्त आक्रमणमा अमेरिकी सेनाका कुनै पनि सदस्यको मृत्यु नभएको जनाइएको छ। यद्यपि केही व्यक्ति घाइते भएका छन्।

आक्रमणपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई शनिवार दिउँसो न्युयोर्क ल्याइएको अमेरिकी पक्षले जानकारी दिएको छ।

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छिन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिएको हो ।