गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिकाे भेटवार्ता

गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिकाे भेटवार्ता



काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरु र केही राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका सदस्यहरुले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गरेका छन् ।

भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले आइतबार गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले ज्ञापन पत्रसमेत बुझाएका छन् ।