कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले जिम्मेवारी हेरफेर गर्न सिफारिस गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जिम्मेवारी हेरफेर गरेका हुन् ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रससिंह भण्डारीले खानेपानी मन्त्रालय सम्हाल्दै आएका थिए । अहिले उक्त जिम्मेवारी मन्त्री परियारलाई दिइएको हो ।