काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको मुखमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दैछ । कांग्रेस विभाजनको संसय रहेका बेला बस्न लागेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा के निर्णय होला भनेर सर्वत्र चासो व्यक्त गरिएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । यो बैठक बस्नुअघि पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना सहयोगीहरुसँग आइतबार दिउँसो छलफल गरेका थिए ।
राष्ट्रियसभाको निर्वाचनका लागि २३ गते उम्मेदवारको मनोनय छ । भोलिको केन्द्रीय कार्यसम्पादन समिति बैठकको पहिलो निर्णय उम्मेदवार चयनका बारेमा छलफल हुनेछ । समाचारस्रोतका अनुसार त्यसपछि मात्र महामन्त्रीद्वय थापा र शर्माले आह्वान गरेको विशेष महाधिवेशनबारे छलफल हुनेछ । नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भएको स्मरण महामन्त्रीद्वयलाई गराइने बताइएको छ ।


प्रतिक्रिया