काठमाडौँ । नेपाली कांग्रेसले आज बिहान बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसोलाई सारिएको छ। ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे बजेका लागि सारिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जनाकारी दिए ।
सोमबार साँझ मात्रै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई दुई दलबीचको सहमतिको प्रयासका रूपमा हेरिएको छ । आजको बैठकले सोही संवादको जगमा टेकेर उम्मेदवार छनोट र गठबन्धनको अन्तिम खाका कोर्ने अपेक्षा गरिएको छ ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले राष्ट्रिय सभामा आफ्नो बलियो उपस्थिति सुनिश्चित गर्न नेकपा एमाले र माओवादी केन्द्रसँग उच्च तहमा संवाद जारी राखेको छ । निर्वाचनमा जित सुनिश्चित हुने गरी सुरक्षित सिटको खोजीमा रहेको कांग्रेसले अन्य शक्तिहरूसँग पनि सहकार्यको हात बढाएको छ ।


प्रतिक्रिया