नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरी जनपदतर्फका १० प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बेठकले प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि दश प्रहरी उपरीक्षकलाई सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल छन् । यस्तै, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा बढुवा सिफारिस भएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार गरिएको गृह मन्त्रालयको बढुवा समिति सचिवालयले बताएको छ ।