आपतकालीन इजलास माग गरिएको रिटमा कारण देखाऊ आदेश

आपतकालीन इजलास माग गरिएको रिटमा कारण देखाऊ आदेश



काठमाडौं । न्यायिक पहुँच सुनिश्चित गर्न नेपालमा आपतकालीन इजलासको माग गर्दै दायर भएको रिटमा बिहीबार सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

कानुनका विद्यार्थीहरू रोशन आउजी, निकेश नेपाल र विवेक चौधरीले दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाद्वारा कारण देखाऊ आदेश जारी गरेको हो ।

निवेदकहरूले अदालत बन्द, सार्वजनिक बिदा वा नियमित इजलास नबस्ने समयमा नागरिकको जीवन, स्वतन्त्रता, सम्मान र सम्पत्तिमा तत्काल खतरा उत्पन्न हुँदा न्याय नपाउने अवस्था संविधान विपरीत भएको दाबी गरेका थिए ।

निवेदनमा संविधानको धारा २० अन्तर्गतको न्यायको हकमा ‘छिटो तथा आपतकालीन न्यायिक पहुँच’ समावेश हुने उल्लेख गर्दै, ’ढिला न्याय दिनु, न्याय नदिनुसरह हो’ भन्ने सिद्धान्तको प्रभावकारी कार्यान्वयनका लागि सर्वोच्च अदालतमा २४ सै घण्टा सञ्चालन हुने आपतकालीन इजलास हुनुपर्ने माग गरिएको थियो ।