काठमाडौं । भोली (आइतबार)देखिसुरु हुने कांग्रेसको विशेष महाधिवेशनका लागि त्यस पक्षका नेताहरू अहिले शीर्ष नेतृत्वलाई निमन्त्रणा पत्र बुझाउन व्यस्त रहेका छन् ।
यही क्रममा नेता रामपल्टन साह सभापति शेरबहादुर देउवालाई पत्र बुझाउन उनको निवास महाराजगञ्ज पुगेका थिए । निवासको कम्पाउन्डमा प्रवेश पाएका उनलाई करिब आधा घण्टा कुर्न लगाएर देउवाका स्वकीय सचिव भानु देउवा उपस्थित भए ।
भानुले आफूलाई के कामका लागि आएको भनेर सोधेको साहले जानकारी दिए । त्यसपछि आफूले विशेष महाधिवेशनको पत्र दिन आएको जानकारी गराएको उनले बताए ।
उनले भने, ‘मैल विशेष महाधिवेशनको पत्र बुझाउन आएको भनेर जानकारी गराएपछि भानुले तपाईंलाई लाज लाग्दैन भन्दै पत्र मेरै गोजीमा हालेर बाहिर निस्कन भन्नुभयो,’ उनले भने, ‘उहाँले निस्किहाल । निस्किहाल भनेर हामीलाई भन्नुभयो ।’
साहले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य शीर्ष नेताहरू पनि देउवा निवासमै रहेको र पत्र पनि त्यहीँ दिएको जानकारी दिए ।


प्रतिक्रिया