प्रतिनिधिसभाको चुनाव रुकुम पूर्वबाट लड्ने ‘प्रचण्ड’को घोषणा

प्रतिनिधिसभाको चुनाव रुकुम पूर्वबाट लड्ने ‘प्रचण्ड’को घोषणा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा शनिवार आयोजित पार्टीको कार्यक्रममा दाहालले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका हुन् ।

‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्नुहोला ।’

उनले पश्चिम रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेकोसमेत बताए । उनले भने, ‘तपाईँहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईँहरूको दुख, सुख र विकास निर्माणको काममा बढी साथ रहनेछु।’ पार्टीको कार्यक्रममा दाहाल र पूर्व प्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल सहभागी भएका थिए । प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ ।