दुई पुरुष र एक महिलाको विभत्स हत्या

दुई पुरुष र एक महिलाको विभत्स हत्या


ग्लोब नेपाल
108
Shares

तनहुँ । तनहुँमा दुई पुरुष र एक महिलाको शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिर्क ती शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये शुक्लागण्डकी–११ पाल्पालीछापका ४० वर्षीय नारायण विकको मात्र सनाखत भएको छ । तनहुँ प्रहरीका डिएसपी श्रवणकुमार विकका अनुसार तीनवटै शवको अवस्था विभत्स छ ।

दुई पुरुषको पेटमा धारिलो हतियार र महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । तनहुँ प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीले घटना अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित आफ्नो नेतृत्वमा टोली खटिएको बताए ।