काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले कांग्रेस विधि विधानअनुसार अघि बढ्नुपर्ने बताएकी छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रमा उनले संस्थापन पक्षको ३० जना केन्द्रीय सदस्य विधानको व्यवस्थाअनुसार अघि बढ्न भन्दै नेताहरूको घरघरमा पुगेर निराश भएर फर्किएको बताइन् ।
‘विशेष अधिवेशन गर्नुपर्छ भनेर नेताको घरघर गयौँ । तर, हामी निराश भएर फर्किएर आउनुपरेको कारणले ती ५४ बढी हस्ताक्षरलाई सम्मान गर्नका लागि हाम्रो उपस्थिति भएको छ,’ उनले भनिन् । उनले विधानले गरेको धारा १७ (२)मा प्रतिबद्धता जनाउन उपस्थित भएको बताइन् ।
कांग्रेस अब गुट, हिंसा, कृपाबाट अलग हुनुपर्ने बताइन् । ‘अब गुटबाट मुक्त हुनुपर्छ । यो कुरुक्षेत्र हिंसाबाट मुक्त हुनुपर्छ । कृपाबाट अलग हुनुपर्छ । हामी गुट चिन्दैनौँ, कृपा मान्दैनौँ, कांग्रेसलाई कमजोर हुन दिँदैनौँ,’ उनले भनिन् ।


प्रतिक्रिया