काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
सोमबार आफूनिकट नेताहरुसँग देउवा निवास महाराजगञ्जमा पुगेर कोइरालाले देउवालाई यस्तो आग्रह गरेका हुन् ।
देउवा पक्षकाे बैठक जारी रहेकै बेला कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू महाराजगञ्ज पुगेका थिए ।
बैठकमा सहभागी एक नेताले पार्टी फुटतिर गएकाले कोइरालाले सभापतिलाई मिलाउन आग्रह गरेको बताए । जवाफमा देउवाले पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका थिए ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दैगर्दा देउवा निवास महाराजगञ्जमा पनि छलफल तीव्र रुपमा चलेकाे छ ।
त्यसैगरी, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न विज्ञप्ति जारी गर्दै अपिल गरेका छन् ।
यता, विशेष महाधिवेशनमा भने महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेकाे प्रतिवेदनमाथि अहिले समूहगत छलफल भइरहेकाे छ ।


प्रतिक्रिया