सुनको मूल्यमा छलाङ : तोलकै पुग्यो २ लाख ७६ हजार ५ सय

सुनको मूल्यमा छलाङ : तोलकै पुग्यो २ लाख ७६ हजार ५ सय


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यले मंगलबार ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले उकालो लागेको छ । यो वृद्धिसँगै बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । लगातारको मूल्य वृद्धिले सुन खरिद महँगो बन्दै गएको छ ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ उचाइ लिएको छ । महासंघका अनुसार चाँदीको मूल्यमा पनि बढोत्तरी हुँदा मंगलबार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।