काठमाडौं । राष्ट्रपति कार्यालयले कांग्रेसको जारी विशेष महाधिवेशनका लागि मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम सच्याउन आग्रह गरेको छ ।
भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनका लागि मतदाता नामावलीमा राष्ट्रपति पौडेलको नाम समावेश भएको भन्दै राष्ट्रपति कार्यालयले सच्याउन आग्रह गरेको हो ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘राष्ट्रपतिज्यूको नाम अब पनि मतदाता नामावलीमा राखिनु हुँदैन । त्यसैले मैले निर्वाचन समिति प्रमुखलाई फोन गरेर सच्याउन भनेको छु ।’


प्रतिक्रिया