काठमाडौं । नेपाली कांग्रेसको एकता जोगाउन नसकेकोमा केन्द्रीय सदस्यय रामहरि खतिवडाले दुःख व्यक्त गरेका छन् । अथक मेहनत गर्दा पनि पार्टी एकता जोगाउन नसक्दा पार्टी इतिहासकै दुःखद् समाचार बन्न पुग्यो ।
उनले भने, ‘पार्टीका नेताहरूले गरेको गहन संवादका वाबजुद वार्ता सफल नभएकोमा माफि माग्दछु। आज हाम्रा लागि ठूलो दुःखको दिन हो । पार्टी एकता कायम राख्नुपर्ने थियो सकिएन ।’
दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई कारबाही गरेको हो ।


प्रतिक्रिया