काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
प्रवक्ता खरेलले फागुन २१ को निर्वाचन यताउता नहुने स्पष्ट पारे ।
“फागुन २१ म निर्वाचनको मिति यताउता हुँदैन,” खरेलले भने,“सरकार त्यही तयारीमा छ । निर्वाचन गर्ने र गराउने सरोकारवाला पनि छन् ।” अहिलेको लागि फागुन २१ को निर्वाचन यताउता नहुने उनको टिप्पणी थियो ।


प्रतिक्रिया