काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे सुरु हुनेछ ।
शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं सातवटै प्रदेश कार्यसमितिका सभापतिलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको छ ।


प्रतिक्रिया