देउवा पक्षलाई हाम्रो समर्थन छ: महेश बस्नेत

देउवा पक्षलाई हाम्रो समर्थन छ: महेश बस्नेत


ग्लोब नेपाल
432
Shares

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन आयोगले सेटिङको आधारमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको दाबी गरेका छन्।

पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठकअघि स सञ्चारकर्मीसँग कुरा गर्दै शेरबहादुर देउवाको पक्षमा एमालेको समर्थन रहेको बताए। उनले भने, ‘सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले निर्णय गरेको छ। त्यो बेठिक छ भन्ने शेरबहादुर देउवाजीहरूले भन्नुभएको छ, त्यो कुरामा हाम्रो समर्थन छ।’

काँग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार भएको बताए। काँग्रेस र एमालेलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने अन्तर्राष्ट्रिय खेलमा प्रधानमन्त्री सुशीला कार्की रहेको आरोप लगाए।