कांग्रेसबाट एकल सिफारिस भएका पूर्वमन्त्री कनौडिया एमालेमा प्रवेश

कांग्रेसबाट एकल सिफारिस भएका पूर्वमन्त्री कनौडिया एमालेमा प्रवेश


ग्लोब नेपाल
5.1k
Shares

काठमाडौँ । पूर्वमन्त्री तथा आगामी निर्वाचनमा नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल उम्मेदवार सिफारिस भएका काँग्रेस नेता बीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्।

शनिबार दिउँसो काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनले सदस्यता ग्रहण गरेका हुन्। नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले नेता कनौडिया एमाले प्रवेश गरेको पुष्टि गरेका छन् ।

काँग्रेसमा किचलो रहेको र एमालेबाट क्षेत्र नम्बर ३ मा टिकटको सुनिश्चित भएपछि उनी एमाले प्रवेश गरेको श्रोतको भनाइ छ ।