एमालेले ताप्लेजुङबाट क्षितिज थेवेलाई उम्मेदवार बनाउने

एमालेले ताप्लेजुङबाट क्षितिज थेवेलाई उम्मेदवार बनाउने



काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेवेलाई उम्मेदवार बनाउने भएको छ । त्यहाँ एमालेले उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएको हो ।

गत शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट होल्ड गरेको थियो । आइतबार अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंगो लगाउँदै थेवेलाई टिकट दिएका हुन् ।

थेवे एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुन् । उनी गत महाधिवेशनमा दोहोरिएर अध्यक्ष निर्वाचित भएका थिए ।

भट्टराई ताप्लेजुङबाट २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।