सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् ।

सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरुप पदबाट राजीनामा दिएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्दैछन् । भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले आजै राजीनामा दिएका हुन् ।

सञ्चारकर्मीको पृष्ठभूमि भएका खरेल गत असोज ६ गते सञ्चार मन्त्री नियुक्त भएका थिए ।