काठमाडौं । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।
आज आयाेगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले तडकभडकलाई कानूनले पूर्णरूपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराए । आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने उनले चेतावनी दिए ।
भण्डारीले निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे । उनले चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । चुनाव हुँदैन कि भन्ने शङ्का नगर्न पनि उनकाे आग्रह छ ।
उनले भने, ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडकलाई कानूनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ । अब हुने चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुन्छ ।’


प्रतिक्रिया