उच्चस्तरीय चिनियाँ टोली नेपाल आउँदै

उच्चस्तरीय चिनियाँ टोली नेपाल आउँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल भ्रमणमा आउने भएको छ । उक्त टोली बिहीबार नेपाल आउन लागेको हो ।

उक्त उच्चस्तरीय टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जानकारी दिएको छ । जेनजी आन्दोलनपछि चीनबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषयमा बुझ्न यो टोली नेपाल आउन लागेको बताइएको छ । झेङ नेपाल मामिलाका जानकार हुन् । विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसकेकी उनी यस पटक भ्रमण टोलीको नेतृत्व गरेर नै नेपाल आउन लागेकी हुन् ।