हनुमानढोकामा वसन्त श्रवण : सुनितादेखि राष्ट्रपतिसम्म सहभागी

हनुमानढोकामा वसन्त श्रवण : सुनितादेखि राष्ट्रपतिसम्म सहभागी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । वसन्त पञ्चमीको अवसरमा आज बिहान हनुमानढोका दरबारको नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले वसन्त श्रवण गरेका हुन् ।

त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई टीकामाला र फूलप्रसाद प्रदान गरे । राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरु, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

वसन्त पञ्चमीका अवसरमा आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने प्रचलन रहेको छ । वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।