काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचानलक्षित गतिविधि गर्न रास्वपाले सम्पादन समिति गठन गरेको हो ।
केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोलप्रसाद (डीपी) अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरिएको रास्वपाले जनाएको छ ।
सदस्य सचिवमा शंकर श्रेष्ठ छन् । कोसी प्रदेश समन्वय सचिवमा उपेन्द्र पाण्डे, मधेस प्रदेशमा डा. नमिता यादव, वाग्मती प्रदेशमा सरिता ज्ञवाली, गण्डकी प्रदेशमा तोयाराज अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम र सुदूरपश्चिम प्रदेशको समन्वय सचिवमा डा. कृष्ण भेटुवाल तोकिएका छन् ।
संघीय निर्वाचन सम्पादन समितिले तीनवटा विषेश उपसममिति गठन गरी कन्द्रीय कार्यालयमा डेक्स संचालन गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ ।
आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र संचार समन्वय उपसमिति गठन गरिएको छ ।


प्रतिक्रिया