फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ५ हजार २ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५७४ रुपैयाँमा कारोबार भईरहेको छ ।