काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने बताएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।
चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको बताउँदै उनले भनिन, ‘चुनाव सर्दैन, किन सार्नु ? रु ३१/३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरू पूरा गर्दागर्दै त्यत्रो खर्च अहिले भइरहेको छ ।’
उनले निर्वाचन जसरी पनि हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्याइन् ।


प्रतिक्रिया