स्वर्णिम वाग्लेद्वारा साइबर ब्युरोमा दिए उजुरी

स्वर्णिम वाग्लेद्वारा साइबर ब्युरोमा दिए उजुरी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमा झुटा तथा भ्रामक सामग्री फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

झुटो विवरण तयार गरी आफ्नो मानमर्दन गर्ने तथा सामाजिक सौहार्दता खल्बल्याउने उद्देश्यले सामग्री प्रचारप्रसार गरिएको आरोप लगाउँदै वाग्लेले त्यस्ता व्यक्ति तथा समूहको पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले उपसभापति वाग्लेबाट उजुरी प्राप्त भएको पुष्टि गरे । उनका अनुसार उजुरीमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको, नक्कली सामग्री प्रसारण गरिएको तथा व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास भएको उल्लेख छ ।

उजुरीमा धर्म र व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गराउने काम भइरहेको पाइएको उल्लेख गर्दै वाग्लेले त्यस्ता गतिविधिमा संलग्न व्यक्ति र समूहमाथि अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

‘सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खल्बल्याउने कुनियतले सामग्री प्रचारप्रसार गर्नेहरू पत्ता लगाई हदैसम्मको कारबाही गरिपाऊँ,’ उजुरीमा भनिएको छ ।

आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे र मोहन लामा रूम्बाबाट प्रेषित सामग्रीले आफ्नो प्रतिष्ठामाथि आँच पुर्‍याउने खराब नियत देखिएको भन्दै वाग्लेले ती सामग्रीहरूप्रति पनि गम्भीर आपत्ति जनाएका छन् ।

थापालाई काँग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ भने शर्मा निर्वाचन परिचालन समितिको संयोजक हुन् । चुनावी सभालाई सम्बोधन गर्नको लागि सभापति थापा र शर्मा देश दौडाहामा लाग्ने तयारीमा छन् ।