काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ । नेपाली कांग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए ।
उनले नेपाली कांग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताए । उनले संसद पुनःस्थापना लगायतका विषयमा चलेका हल्लाहरुको विषयमा कांग्रेसको कुनै टीप्पणी भएको बताए । निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भएको उनको भनाई छ । उनले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र काँग्रेस आफ्नै बलमा चुनाव लड्ने बताए ।
उनले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
‘हामी सम्पुर्ण रुपमा हामी चुनावी प्रणालीमा गईरहेका छोँ । हामी चुनावमा नै विश्वास गर्छौ । पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ । यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन । चुनावपूर्व हाम्रो कसैसंग कुनै किसिमको गठबन्धन हुँदैन । नेपाली काँग्रेस १६५ क्षेत्रमा आफ्नो उम्मेद्वार कायम छ । हामी प्रचारमा लागेका छौँ । विजयको उन्मुख पुगिरहेका छौँ’ उनले भने ।
उनले निर्वाचनमा मतदान गर्दा विगतको ईतिहास र भविष्य निर्माण गर्न सक्ने पार्टी र उम्मेद्वारलाई गर्न पनि आग्रह गरे ।
‘एकहप्ता अगाडि शेरबहादुर देउवाले कांग्रेस, एमाले र नेकपा मिलेर जाऊँ भन्ने प्रस्ताव गर्नुभएको थियो । संयोजकले स्थिति धेरै अगाडि बढी सकेकाले चुनावी तालमेल गर्न नसकिने बताउनुभयो’, श्रेष्ठले रातोपाटीसँग भने, ‘पहिलो हाम्रो पार्टी बन्ने क्रममै थियो । तीन पार्टी मिलेर जाने देउवाको प्रस्ताव केपी ओलीले ठाडै अस्वीकार गरे । हाम्रो पार्टीलाई मिनिमाइज गर्ने काम भयो । अहिले कांग्रेसभित्रै अन्तरघातको खतरा छ ।
जेनजी विद्रोहपछि एमाले निकै अलोकप्रिय भएको छ । रास्वपा बाहिर जति चर्चा भएको छ, वास्तविक धरातल त्यस्तो देखिँदैन । सबै हिसाबले हामी पहिलो र रास्वपा दोस्रो हुने स्थिति छ ।’ बैठकमा सहसंयोजक माधव कुमार नेपालले एमालेसँग कुनै हालतमा सहकार्य नहुने बताएका थिए । माघ १९ गते बसेको निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ गरेका थिए ।
बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक माघ २२ गते बस्ने निर्णय गरेको थियो । साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको थियो ।


प्रतिक्रिया