दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे


ग्लोब नेपाल
0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

प्रहरीले उनलाई शुक्रबार दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यही विषयमा १९ माघमा चितवन पुगेका उनले राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन नहुने दाबी गरेका थिए ।