सवारी साधनमा अंग्रेजीमा इम्बोस्ट नम्बर राख्न मिल्दैन: सर्वोच्च

सवारी साधनमा अंग्रेजीमा इम्बोस्ट नम्बर राख्न मिल्दैन: सर्वोच्च


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट अंग्रेजीमा राख्न रोक लगाएको छ ।न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

यातायात व्यवस्था विभागले गत ३ भदौमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेसम्बन्धी सूचना जारी गरेको थियो । त्यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता रामबहादुर राउतसहितले १६ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

संविधानको धारा (३२) ले भाषा तथा संस्कृतिको मौलिक हकको सुनिश्चितता गरेको, धारा ७ को उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख गरेकाले अंग्रेजीमा इम्बोस्ट नम्बर प्लेट लेख्न नमिल्ने तर्क अदालतको छ ।