काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह निर्वाचन अभियानको सिलसिलामा आफ्नो पुर्खौली थलो महोत्तरीको एकडाँडा गाउँपालिका-२ पुगेका छन् ।
अभियान अन्तर्गत उनी आज सप्तरीबाट सिराहा र धनुषा हुँदै महोत्तरी पुगेका हुन् । यस क्रममा साहले सप्तरी, सिराहा र धनुषाका विभिन्न स्थानको भ्रमण गरेका थिए । उनी सिरहाको गोलबजार र कल्याणपुर हुँदै सिराहा-धनुषा सिमानामा पर्ने कमला पुलसम्म पुगेका थिए ।
त्यसपछि साह धनुषाको सहिदनगर अन्तर्गत यद्दुकोहा, धनुषाधाम हुँदै जनकपुर पुगेका थिए । जनकपुरमा तय गरिएका केही कार्यक्रम भने स्थगित गरिएको जनाइएको छ ।
जनकपुरपछि साह सिधै महोत्तरीको जलेश्वर पुगेका थिए । त्यहाँ उनले जलेश्वरनाथ महादेव मन्दिरको बाहिरबाट दर्शन गरेपछि आफ्नो पुर्खौली गाउँ एकडाँडा प्रस्थान गरेका हुन् ।


प्रतिक्रिया