काठमाडौँ । चितवनको खैरहनी इलाका प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार, प्रहरीलाई प्राप्त उजुरीको आधारमा महतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उक्त उजुरीमा बलात्कारसम्बन्धी आरोप उल्लेख भएको बताइएको छ। प्रहरीले कानूनी प्रक्रिया अनुसार अनुसन्धान अगाडि बढाएको छ।


प्रतिक्रिया