अब आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गरौँः विश्वप्रकाश शर्मा

अब आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गरौँः विश्वप्रकाश शर्मा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्न आग्रह गरेका छन् ।

बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथ अन्त्य गर्न जोड दिएका हुन् । आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको बताए ।

मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि काँग्रेसले यस्तो निर्णय लिएको उनको भनाइ छ । सम्बोधनका क्रममा शर्माले अबको निर्वाचन पछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

शर्माले राजनीतिक स्थिरताका लागि ‘विनर्स टेक अल’ (विजेताले सबै पाउने) को नयाँ सिद्धान्त प्रश्ताव गरेका छन् । उनकाअनुसार चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।

यदि संसदमा १ सय ३८ को बहुमत नपुगेमा समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भएपनि ठूलो दललाई नै बहुमत पुर्‍याइदिने कानूनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उहाँको तर्क छ । रुपन्देहीका पाँचै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्दै शर्माले कार्यकर्ताहरूलाई सानातिना कुरा बिर्सेर रुख चिन्हमा गोलवद्ध हुन आग्रह गरे ।

निर्वाचनको दिन पूरै रुपन्देही रुखमय हुनुपर्ने भन्दै उनले राष्ट्रिय संवाद र गोलमेच सम्मेलनमार्फत चुनावी सुधारका प्रश्तावहरू पास गर्नुपर्नेमा जोड दिए ।