एयरपोर्टमा निषेधाज्ञा तोड्ने राजावादीहरुको तयारी

एयरपोर्टमा निषेधाज्ञा तोड्ने राजावादीहरुको तयारी


ग्लोब नेपाल
324
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाईं समूहसहित राजावादीले अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा लगाइएको निषेधाज्ञा तोड्ने तयारी गरेका छन् ।

रावादाीले झापाबाट काठमाडौं आउने क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रम तय गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको थियो । प्रवक्ता मोहन श्रेष्ठले निषेधाज्ञाबीच आफूहरु ज्ञानेन्द्रको स्वागतमा विमानस्थल जाने बताए ।

उनले पूर्वराजा आउने कार्यक्रमलाई लक्षित गरेर निषेधाज्ञा लगाइएको दाबी गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न खोजेकाले निषेधाज्ञा नमान्ने चेतावनी दिएका छन् ।

पूर्वराजा शाह हेलिकप्टरमा आउँदै
पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले बताए ।

सुरक्षा स्रोतका अनुसार शाह कैलाश हेलिकप्टरमार्फत काठमाडौँ आउन लागेका हुन् । उनी मध्यान्ह १२ बजे झापाबाट हेलिकप्टरमा काठमाडौँतर्फ प्रस्थान गर्नेछन् । करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।