राम्रो नेतृत्व नचुनिए फेरि दुःख पाइन्छ: रवि लामिछाने

राम्रो नेतृत्व नचुनिए फेरि दुःख पाइन्छ: रवि लामिछाने


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राम्रो नेतृत्व चयन नभए देशले फेरि दुःख पाउने बताएका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टी सभापति लामिछानेले यसपटक जनतासामु सक्षम र इमानदार नेतृत्व छान्ने महत्वपूर्ण अवसर रहेको उल्लेख गरे ।

उनले विगतका कमजोरीबाट पाठ सिक्दै सही प्रतिनिधि चयन गर्न सबै मतदाताले गम्भीर बन्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधि सभा निर्वाचनलाई लामिछानेले महाभारतको युद्ध रूपमा भएको उनले दाबी गरे । नागरिकलाई कौरव पक्षमा बस्ने कि पाण्डव पक्षमा बस्ने भन्ने स्पष्ट धारणा बनाउन आग्रह गरेका छन् ।

उनले वर्तमान राजनीतिक अवस्था, सुशासन र नैतिकताको प्रश्नलाई महाभारतको प्रसंगसँग जोड्दै सत्य र न्यायको पक्षमा उभिन नागरिकलाई आह्वान गरे ।

लामिछानेले भ्रष्टाचार, बेथिति र शक्तिको दुरुपयोगविरुद्ध आफूहरू संघर्षरत रहेको उल्लेख गरे । लामिछाने रिडीदेखि तम्घाससम्म विभिन्न स्थानमा राखिएका कार्यक्रममा भेटघाट अन्तरक्रिया गरेर अर्घाखाँची तर्फ लागेका छन् ।