नेपाली काँग्रेसले आइतबार चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

नेपाली काँग्रेसले आइतबार चुनावी घोषणा पत्र सार्वजनिक गर्ने


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार दलको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्रीको उम्मेदवारमा सभापति गगनकुमार थापालाई अघि सारेर निर्वाचनमा गएको कांग्रेसले आइतवार फागुन ३ गते प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दलको घोषणापत्र सार्वजनिक गर्न लगेको पार्टी प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार जानकारी दिएका छन्।

चालिसका अनुसार अनुसार घोषणा पत्र सार्वजनिकका लागि कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिएको छ ।

कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । पार्टी सभापति थापाले घोषणापत्रलाई आगामी पाँच वर्ष सरकार सञ्चालन गर्ने योजनासहितको प्रतिज्ञापत्र हुने बताएका छन् । निर्वाचन आयोगले दलहरुलाई ४ गते भित्र नै घोषणा पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।