काठमाडौँ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाले पनि जनताको मनदेखि निकालेर देखाउन चुनौती दिएका छन् ।
शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले नेकपा एमाले महासचिव शंकर पोखरेललक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
रास्वपाले चुनावी सभा गरेको घोराही दाङ–२ मा पर्छ । जहाँ एमालेबाट महासचिव पोखरेल उम्मेदवार छन् । सभापति लामिछानेले आफू सुशासनको पक्षमा काम गरिरहेका बेला षडयन्त्रपूर्वक संसद्बाट निकालेको टिप्पणी गरे ।
‘रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो,’ उनले भने, ‘हामी सरकारमा काम गरिरहेको बेला बा (केपी ओली) र उनका प्रिय पात्रहरूले मलाई जेल पुर्याए । सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ ।’ उनले आफूलाई जेल पुर्याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने उनले दाबी गरे ।


प्रतिक्रिया