तराईको निर्वाचन सुरक्षा अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो

तराईको निर्वाचन सुरक्षा अवस्था बुझ्न एआईजी चतुर्वेदीलाई खटाइयो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सरकारले निर्वाचनका बेलामा तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ ।

शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् ।

निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन तयार पार्न र त्यो अनुसार उपयुक्त कारबाहीका प्रक्रिया गरेर प्रतिवेदन पेश गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको उनले बताए ।

उनका अनुसार एआईजी चतुर्वेदी कार्यक्षेत्रमा गइसकेका छन् । संवेदनशील क्षेत्रमा सुरक्षा निकायलाई डेडिकेटेड रुपमा उच्च अधिकारी खटाउन र विश्लेषणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय समेत भएको छ ।