होमवर्क सिकाउने बहानामा शिक्षकद्वारा छात्रामाथि बलात्कार

होमवर्क सिकाउने बहानामा शिक्षकद्वारा छात्रामाथि बलात्कार


ग्लोब नेपाल
297
Shares

खोटाङ । आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–१ घर भएका वर्षीय एक शिक्षकले दिक्तेल इंलिस बोर्डिङ स्कुलकी १३ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती शिक्षकले ९ फागुनमा होमवर्क सिकाइदिने बहानामा आफ्नो कोठामा बोलाएर छात्रामाथि बलात्कार गरेको आरोप पीडित परिवारको छ । घर फर्किएर बालिकाले घटनाबारे जानकारी गराएपछि परिवार र गाउँलेले आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।