काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अंकले घटेको छ । लगातार चार दिनको विदापछि आज शेयर बजार खुलेकोमा शेयर बजार परिसूचक नेप्से २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४.५५ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार समूहको शेयर साढे तीन प्रतिशत भन्दा धेरैले घटेको छ । आज बुद्धभूमी नेपाल हाइड्रो, रिडी पावर र आखुखोल जलविद्युत कम्पनीको शेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटे पनि साल्पा विकास बैंकको शेयरमा भने सकरात्मक सर्किट लागेको छ । यो आइपीओ बाँडफाँड भएर भर्खरै बजारमा किनबेच शुरु भएको शेयर हो । आज नेप्सेसँगै कारोवार रकम पनि घटेको छ ।
यस अघि गएको मंगलवार आठ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीका १ करोड ५९ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया