निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने

निर्वाचनको दिन आन्तरिक उडान बन्द हुने


ग्लोब नेपाल
162
Shares

काठमाडौँ। २१ फागुनमा तय प्रतिनिधि सभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दै यसबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा चल्नेछन् ।

बोर्डले निर्वाचनको समयमा पनि नेपाल पर्यटकका लागि खुला रहने र सुरक्षित रहने भन्दै त्यसका लागि सरोकारवाला निकायसँग समन्वय समेत गरिरहेको बताएको छ ।

त्यसैगरी बोर्डले निर्वाचनको दिन विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलसम्म सटल बस सेवा प्रदान गर्न इच्छुक कम्पनीका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पासको व्यवस्था गर्न आवश्यक सिफारिस पत्र समेत दिन सम्पर्क व्यक्ति तोकेको छ ।

बोर्डले निर्वाचनको समयमा सीमानाका भने निर्वाचन हुनुभन्दा ७२ घण्टा पहिले बन्द हुने भन्दै सूचित समेत गरेको छ । सोही दिन देशभरिका होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा महत्त्वपूर्ण ऐतिहासिक स्थल समेत खुला रहने समेत जनाएको छ ।