राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारलाई हराउँदै लालिगुँरास शीर्ष स्थानमा

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारलाई हराउँदै लालिगुँरास शीर्ष स्थानमा



काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएसन क्बलले काँक्रेबिहार क्लबलाई हराएको छ । त्रिपुरेश्वरको रशरथ रङ्गशालामा भएको खेलमा लालिगुँरासले काँक्रेबिहारलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।

यो जीतसँगै लालिगुँरास ७ खेलमा ५ जीत २ हारसहित १७ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । सामान खेलमा काँक्रेबिहार अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ । यस्तै अहिले दशरथ रङ्गशालामै श्री भगवती क्लब र सातदोबाटो युथ क्लब खेलिरहेका छन् ।

आजै बेलुका ६ बजे मनाङ मस्र्याङ्दी क्बल र सातदोबाटो युथ क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।