काठमाडौं । शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १०.३० अङ्कले बढेर २६४८.९० विन्दुमा पुगेको छ । आज फाइनान्स, म्यूचअल फण्ड र व्यापार बाहेक सबै समूहको शेयर बढ्दा जीवन विमा समूहमा साढे एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।
आज साल्पा विकास बैंक र रिलायन्स स्पीनिङ मिलको शेयरमा सकरात्मक सर्किट लागेको छ । यस्तै समग्रमा बजार बढेको दिन आज हिमालयन पावर कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । बजारसँगै आज कारोवार रकम पनि सामान्य बढेको छ ।
हिजो चार अर्ब २३ करोड २४ लाखरुपैयाँको कारोबार भएकोमा आज ३ सय ३३ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया