बागलुङ-२ मा आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै काँग्रेसलाई सघाउने प्रलोपाको घोषणा

बागलुङ-२ मा आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै काँग्रेसलाई सघाउने प्रलोपाको घोषणा


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । बागलुङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ ।

बुधबार ढोरपाटन नगरपालिका-१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले काँग्रेसका उम्मेदवार पौडेललाई समर्थनको घोषणा गरेका छन् ।

पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले सघाउने बताउँदै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका थिए ।

नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय कुँवर पछिल्लो समय प्रलोपामा सक्रिय थिए । आफ्नो उम्मेदवारी कायम रहँदा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउने देखेपछि पौडेललाई सघाउने निर्णयमा पुगेको उनले बताएका छन् ।