रञ्जित तामाङलाई प्रचण्डले भने : जितेर आउनुस् मन्त्री बनाउँछु

रञ्जित तामाङलाई प्रचण्डले भने : जितेर आउनुस् मन्त्री बनाउँछु



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ का पार्टी उम्मेदवार रञ्जित तामाङलाई फोन गरेका छन् । बिहीबार संयोजक प्रचण्डले तामाङलाई फोन गरेका हुन् ।

तामाङलाई फोन गर्दै उनले ढुक्कसँग निर्वाचन अभियानमा लाग्न र जितेर आए मन्त्री बनाउने आश्वासन समेत दिएका छन् । प्रचण्डले तामाङलाई भने, ‘बाहिर आएको हल्लाको भ्रममा नपर्नुस् । ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्। दुई जना प्रधानमन्त्रीका उम्मेदवार हराएर आउनुस् मन्त्री बनाउँछु ।’

तामाङले सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।