इरानसँगको तनाव कुटनीतिक तरिकाले समाधान गर्न चाहेका छौं : अमेरिकी राष्ट्रपति ट्रम्प

इरानसँगको तनाव कुटनीतिक तरिकाले समाधान गर्न चाहेका छौं : अमेरिकी राष्ट्रपति ट्रम्प



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । हिजो वाशिङ्टन डिसीको क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले इरानसँग वार्तामा रहेको बताए ।

ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याउनु भएको चिनीयाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । उनले इरानले आफ्नो आणविक कार्यक्रम फेरि शुरू गर्ने प्रयास गरिरहेको आरोप लगाए । यसलाई गएको वर्षको अमेरिकी हमलाले पूर्ण रूपमा नष्ट गरेको उनको दाबी छ ।

यो सम्बोधनपछि इरानले ट्रम्पका दाबीलाई ‘ठूलो झूट’ भन्दै खण्डन गरेको छ । अमेरिका र इरानबीच आणविक मुद्दामा वार्ता चलिरहेको छ । वार्ताको अर्को चरण जेनेभामा हुँदैछ । ट्रम्पले कुटनीतिक समाधानलाई प्राथमिकता दिएपनि सैन्य विकल्प पनि खुला राखेको संकेत दिएका छन् ।