काठमाडौं । शेयर बजार लागातर तेस्रो दिन आज पनि बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढ्दा निर्जिवन विमा समूहमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ ।
आज साल्पा विकास बैंक र रिलायन्स स्पीनिङ मिलको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज श्रीनगर एग्रिटेक कम्पनीको शेयर साढे ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।
बजार बढेपनि आज कारोबार रकम भने घटेको छ ।
हिजो चार अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोवार भएकोमा आज तीन सय ३५ वटा कम्पनीका १ करोड ५ लाख कित्ता शेयर चार अर्ब १७ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया