काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार शंकर पोखरेलले चुनावी तालमेलबारे आफूहरू निष्कर्षमा नपुगेको बताएका छन् ।
निर्वाचनलक्षित आफ्नो संकल्पपत्र सार्वजनिक कार्यक्रममा बिहीबार उनले अरू दलसँग चुनावी तालमेलबारे छलफल भइरहे स्वीकार गरे । तर, निष्कर्षमा नपुगेको उनले स्पष्ट पारे ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच दाङ–२ सहित देशभर १० सिटमा तालमेल चर्चाका विषयमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “चुनावी तालमेलका विषयमा हतार गरेर बोल्नु हुँदैन । दलहरूबीच छलफल भइरहेको छ, तर हामी अझै निष्कर्षमा पुगेका छैनौँ ।”


प्रतिक्रिया